नेपाल र बंगलादेशबीच पहिलोपटक द्विपक्षीय क्रिकेट सिरिज हुने भएको छ। क्रिकेट एसोसिएसन नेपाल (CAN) ले सार्वजनिक गरेको जानकारी अनुसार बंगलादेशले आगामी २०२७ मार्चमा नेपाल भ्रमण गर्नेछ।
नेपालले बङ्गलादेशसँग तीनवटा T20 क्रिकेटको सिरिजहरू खेल्ने छ जुन आगामी वर्ष २०२७ मार्च महिनाको २६, २८ र ३० तारिखमा हुने भनिएको छ । जुन खेलहरू TU International Cricket Ground, कीर्तिपुर हुने भएका छन्।
दुवै टोलीले यसअघि अन्तर्राष्ट्रिय प्रतियोगितामा एक–अर्काविरुद्ध खेले पनि द्विपक्षीय सिरिजमा पहिलोपटक आमनेसामने हुन लागेका हुन्।
राइनोज 🦏 र टाइगर्स 🐅 बीच नेपालकै घरेलु मैदानमा हुने यो ऐतिहासिक भिडन्तका लागि नेपाली क्रिकेट समर्थकमा उत्साह थपिएको छ ।



No comments:
Post a Comment