काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औं महासभामा सहभागी हुन अमेरिका जाने भएका छन् । प्रधानमन्त्री बनेपछि उनको यो पहिलो औपचारिक विदेश भ्रमण हुनेछ। सरकारले महासभामा नेपालको प्रतिनिधित्व प्रधानमन्त्री स्वयंले गर्ने निर्णय गरेको छ।
हालै भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी विपद्का कारण देशले भोगेको मानवीय तथा भौतिक क्षतिबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने, जलवायु परिवर्तनबाट नेपालजस्ता हिमाली मुलुकले सामना गरिरहेका चुनौतीहरू उजागर गर्ने तथा 'जलवायु न्याय'को विषयलाई विश्वमञ्चमा प्रभावकारी रूपमा आवाज उठाउने तयारी गरिएको स्रोतले जानकारी दिएको छ ।
सरकारी स्रोतका अनुसार महासभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री शाहले नेपालमा बढ्दो प्राकृतिक विपद्, हिमाली क्षेत्रमा देखिएको जलवायु संकट तथा त्यसबाट प्रभावित मुलुकहरूलाई आवश्यक अन्तर्राष्ट्रिय सहयोग र क्षतिपूर्तिको विषयमा नेपालको धारणा प्रस्तुत गर्नेछन् ।
नेपालको इतिहासमा संयुक्त राष्ट्रसंघको महासभामा उच्च तहबाट सहभागिताको विशेष महत्व रहँदै आएको छ। सन् १९६७ मा तत्कालीन राजा महेन्द्रले राष्ट्रसंघको मञ्चबाट नेपालको धारणा विश्वसमक्ष राखेका थिए। त्यसयता लामो अन्तरालपछि प्रधानमन्त्री बालेन शाहले महासभामा नेपालको नेतृत्व गर्ने तयारीले यसलाई ऐतिहासिक महत्वको घटनाका रूपमा हेरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले राजा महेन्द्र लाई फलो गरेको कुरा समाजिक संजालमा धेरै देखिरहन्छौ । यो अवसरले प्रधानमन्त्रीलाई राजा महेन्द्र जस्तै बन्ने एक मौका दिएको धेरैले भनिरहेका पनि छ्न ।
विशेषगरी हालैको विपदपछि नेपालको अवस्था, पुनःनिर्माणको आवश्यकता र जलवायु परिवर्तनको असरबारे अन्तर्राष्ट्रिय ध्यानाकर्षण गराउन प्रधानमन्त्रीको यो भ्रमण महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।



No comments:
Post a Comment