Travel the world

Climb the mountains

Post Page Advertisement [Top]

Advertisement

दक्षिण कोरिया । दक्षिण कोरियामा अनुमति नलिई फर्सीको मुण्टा टिपेर लैजाँदा एक नेपालीले २० लाख वन जरिमाना तिर्नुपरेको घटना सार्वजनिक भएको छ।

प्राप्त जानकारीअनुसार, ती नेपालीले आफ्नो नभएको स्थानबाट फर्सीको मुण्टा टिपेर घर लैजान खोजेका थिए। त्यसपछि उक्त विषय कानुनी प्रक्रियामा पुगेको र सोही कार्यको परिणामस्वरूप २० लाख कोरियन वन जरिमाना तिर्नुपरेको बताइएको छ।

नेपालमा सामान्य रूपमा घरायसी प्रयोजनका लागि सागसब्जी टिप्ने विषय सामान्य जस्तो लाग्न सक्छ। तर दक्षिण कोरियामा अरूको खेतबारी वा जमिनमा लगाइएको कृषि उत्पादन मालिकको अनुमति बिना टिपेर लैजानु कानुनी समस्याको विषय बन्न सक्छ।

विशेषगरी कोरियामा रहेका नेपालीहरूले अरूको खेत, बारी वा व्यावसायिक रूपमा लगाइएको तरकारी तथा फलफूललाई अनुमति बिना नटिप्न र नलैजान सावधानी अपनाउनुपर्ने देखिन्छ। सानो मात्रामा मुण्टा वा तरकारी टिपेको भए पनि त्यसले जरिमाना तथा अन्य कानुनी झमेला निम्त्याउन सक्ने भएकाले सचेत हुन आवश्यक छ।

२० लाख वन जरिमानाले दिएको सन्देश :

विदेशमा रोजगारीका लागि पुगेका नेपालीहरूले स्थानीय कानुन र नियमको जानकारी राख्नु अत्यन्तै आवश्यक हुन्छ। आफूलाई सामान्य लाग्ने कुनै कामले पनि कानुनी समस्या निम्त्याउन सक्छ।

त्यसैले कसैको अनुमति बिना फर्सीको मुण्टा, तरकारी, फलफूल वा अन्य कृषि उत्पादन नटिपौँ र नलैजाऔँ। अनुमति नलिकन कसैको खेतमा बारीमा जान पनि पाइँदैन कोरियामा। विदेशमा कमाएको मेहनतको पैसा अनावश्यक जरिमाना तिरेर गुमाउनुभन्दा स्थानीय नियमको पालना गर्नु नै सुरक्षित हुन्छ।

 

No comments:

Post a Comment

Bottom Ad [Post Page]

Advertisement