Travel the world

Climb the mountains

Post Page Advertisement [Top]

Advertisement


जापानको फुकुओका प्रिफेक्चरल प्रहरीले नेपाली छात्रा लक्ष्मी राजवंशीको हत्या आरोपमा तीन नेपाली नागरिकलाई पक्राउ गरेको जनाएको छ।

२५ वर्षीया राजवंशीको शव गत अगस्ट १९ तारिख बिहान फुकुओकाको नाकागावा नदीमा तैरिरहेको अवस्थामा फेला परेको थियो। प्रहरीका अनुसार उनी बस्दै आएको अपार्टमेन्टबाट करिब २ किलोमिटर तल नदीमा शव भेटिएको हो।

पक्राउ पर्नेहरूमा फुकुओकाको हाकाता वार्डमा बस्ने २८ वर्षीया तामाङ सञ्जु, सागा प्रिफेक्चरको तोसुमा बस्ने २५ वर्षीया तामाङ अस्मिता र २२ वर्षीय विद्यार्थी लामा प्रबिन रहेका छन्।

अनुसन्धानका क्रममा अगस्ट १८ को राति राजवंशीमाथि उनको अपार्टमेन्टमै कुटपिट भएको र त्यसपछि नदीमा फ्याँकिएको आशंका गरिएको प्रहरीले जनाएको छ। शवपरीक्षण रिपोर्टले डुबेर मृत्यु भएको संकेत गरेको छ।

प्रहरीले घटनास्थलबाट रगतका दाग तथा संघर्षका चिन्हहरू फेला पारेको छ। मृतकको टाउको, निधार तथा शरीरका विभिन्न भागमा गम्भीर चोटपटक देखिएको बताइएको छ।

अनुसन्धानकर्ताहरूले मुख्य रूपमा तामाङ सञ्जुमाथि शंका केन्द्रित गरेका छन्। सञ्जु पीडितसँग सम्बन्धित एक व्यक्तिसँग बस्दै आएकी थिइन् र घटनाको पृष्ठभूमिमा सम्बन्ध विवाद रहेको हुन सक्ने कोणबाट समेत अनुसन्धान भइरहेको छ।

मे २०२३ मा विद्यार्थी भिसामा जापान पुगेकी लक्ष्मी राजवंशी फुकुओकास्थित एक व्यावसायिक विद्यालयमा अध्ययनरत थिइन्। उनी अध्ययनसँगै रेस्टुरेन्टमा अंशकालीन काम समेत गर्दै आएकी थिइन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

1 comment:

Bottom Ad [Post Page]

Advertisement