Travel the world

Climb the mountains

Post Page Advertisement [Top]

Advertisement


 काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा फैलाइएका केही सामग्रीप्रति आपत्ति जनाउँदै तथ्यभन्दा बाहिर गएर प्रचार गरिएको बताएका छन्।

ओलीले सरकार वा सम्बन्धित निकायले निर्माण नै नगरेको बेलिब्रिजलाई कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर बनाइएको जस्तो देखाइ सामाजिक सञ्जालमा प्रचार गरिएको र त्यसमा आफ्ना समर्थकहरू प्रयोग गरेर वाहवाही गराउने प्रयास भएको आरोप लगाएका हुन्। उनले यस्तो प्रचार वास्तविकतासँग मेल नखाने दाबी गरे।

उनले भने, “सरकारले नबनेको बेलिब्रिज बनायौँ भनेर AI बाट बेलिब्रिज बनाएर आफ्ना समर्थकहरू लगाएर वाहवाह गराउन लगाउँछ। जबकि त्यो कुरा साँचो होइन।”

यद्यपि सम्बन्धित क्षेत्रमा निर्माण गरिएको वास्तविक बेलिब्रिज सञ्चालनमा आइसकेको र स्थानीय बासिन्दा तथा यात्रुहरू आवतजावत गर्न थालेको तथ्य पनि सार्वजनिक भइसकेको छ। स्थानीय स्तरमा पुल सञ्चालनमा आएपछि यातायात सहज बनेको बताइएको छ।

ओलीको भनाइले सामाजिक सञ्जालमा फैलिने सामग्रीको विश्वसनीयता र AI प्रविधिको प्रयोगबारे पुनः बहस सुरु गराएको छ। एकातिर उनले भ्रमपूर्ण सामग्री फैलाइएको आरोप लगाएका छन् भने अर्कोतिर वास्तविक रूपमा निर्माण सम्पन्न भएर सञ्चालनमा आएको बेलिब्रिजबारे पनि चर्चा भइरहेको छ।

No comments:

Post a Comment

Bottom Ad [Post Page]

Advertisement