Travel the world

Climb the mountains

Post Page Advertisement [Top]

Advertisement

 

Baby, सँगै जिउने, सँगै दुःख–सुख बाँड्ने, जिन्दगीभर सँगै रहने भनेर वाचा गरेका थियौँ। तर आज १२ दिन भइसक्यो, तिमी कहाँ छौ भन्ने कुनै खबर छैन। तिम्रो एउटा फोन, एउटा मेसेज, तिम्रो मुख हेर्न नपाएको प्रत्येक पल १२ वर्षभन्दा पनि लामो लागिरहेको छ। 😭

Baby, तिमी जहाँ छौ, जसरी छौ, मलाई खबर गर। म आफैँ आउँछु तिमीलाई लिन। बस्, एकपटक तिम्रो आवाज सुन्न पाऊँ, एकपटक तिमीलाई देख्न पाऊँ। 🙏

हाम्रो नानी अझै तिम्रो भिडियो कलको प्रतीक्षामा छिन्।  बाबाको आवाज सुन्न र अनुहार हेर्न पाएकी छैनन्। यो सानो नानीको के दोष छ र भगवान्? 😭

हे भगवान्, तपाईं कति कठोर परीक्षा लिनुहुन्छ? मैले अब केही मागेकी छैन।  बस् मेरो श्रीमान्लाई जहाँ हुनुहुन्छ त्यहाँबाट सकुशल घर फर्काइदिनुहोस्। भगवान्, मेरो यो सानो बिन्ती सुनिदिनुहोस्। मेरो संसारलाई मबाट टाढा नराख्नुहोस्।

मेरो बूढो, छिट्टै फर्केर आउनू… म र नानी तपाईंलाई पर्खिरहेका छौँ। ❤️‍🩹🙏😭

पुजा साह (श्रीमती बेपत्ता अजय सिंह)


No comments:

Post a Comment

Bottom Ad [Post Page]

Advertisement