दक्षिण कोरियामा नेपालीमाथि छुरा प्रहार, पर्वतका युवक घाइते, एक पक्राउ र दुई फरार


दक्षिण कोरियाको आसान क्षेत्रमा रहेको एक कम्पनीमा शनिबार राति भएको हिंसात्मक घटनामा पर्वत घर भएका एक नेपाली युवक घाइते भएका छन्। राति करिब ११:३० बजे भएको उक्त घटनामा ती युवकमाथि छुरा प्रहार गरिएको बताइएको छ।

घाइते युवकलाई तत्काल अस्पताल पुऱ्याइएको छ र उनको उपचार भइरहेको छ। प्रारम्भिक जानकारीअनुसार घटनामा घाइते युवकसँगै काम गर्ने एक नेपाली र कम्पनी बाहिरबाट आएका दुई नेपाली युवकको संलग्नता रहेको आशंका गरिएको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ भने अन्य दुई जना फरार रहेका छन्। फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको कोरियास्थित नेपाली समुदायले जनाएको छ।

घटनाको कारण भने अझै खुल्न सकेको छैन। व्यक्तिगत विवाद, आपसी मनमुटाव वा अन्य कुनै कारणले घटना भएको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

घटनाको कारण भने अझै खुल्न सकेको छैन। व्यक्तिगत विवाद, आपसी मनमुटाव वा अन्य कुनै कारणले घटना भएको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

विदेशमा रोजगारीका लागि पुगेका नेपालीहरूबीच नै यस्ता दुःखद घटना दोहोरिनु चिन्ताको विषय बनेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको र आधिकारिक विवरण प्राप्त भएपछि थप जानकारी सार्वजनिक गरिने जनाएको छ।

Comments