Travel the world

Climb the mountains

Post Page Advertisement [Top]

Advertisement

 

काठमाडौं : रसुवा – बाढीपछिको उद्धार तथा राहत कार्यको विषयमा सरकारको आलोचना गर्दै आएका श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ प्रभावित क्षेत्रमा पुगेपछि त्यहाँको वास्तविक अवस्था आफूले अनुमान गरेभन्दा धेरै कठिन रहेको बताएका छन्।

यसअघि उद्धार र पहुँच व्यवस्थापनमा प्रश्न उठाउँदै आएका साम्पाङले घटनास्थल नजिक पुगेर सडक, पुल र आवागमनको अवस्था अवलोकन गरेपछि प्रभावित क्षेत्रमा पुग्न नै अत्यन्त कठिन रहेको स्वीकार गरेका छन्। उनले सुरुङ क्षेत्रसम्म पुग्न खोज्दा बाटो नभएको, पुलहरू बगेको र वैकल्पिक मार्गसमेत अवरुद्ध रहेकाले “हेलिकप्टर नै चाहिने अवस्था” रहेको बताएका छन्।

साम्पाङले भनेका छन्, “म चाहिँ त्यो सुरुङमा जाउँ भनेको त्यहाँ त जानै नमिल्ने रहेछ। अब यस्तो रहेछ अब हेलिकप्टर चाहिने रहेछ । अरु जिल्लाबाट घुमेर जान सकिन्छ कि सकिँदैन भनेको, त्यो पनि सकिँदैन रहेछ । अनि म बडो अलमल्लमा परिराखेको छु यहाँ अहिले, हेरेर मात्रै आउनुभयो भन्ने कुरा आउँदैछ। हामीले गर्ने गर्यौ, जस्तै म अब उ त्यो त्रिशुलीमा पौडी खेल्न सक्छु भनेर त भएन नि, सम्भव छ त ? छैन नि ! ठाउँ ठाउँमा बाटो छैन बाटो यस्तो छ हेर्नुस् त यस्तो छ। के रहेछ भने पारिबाट आउँदा एकैछिनमा हुने रहेछ। पुल छैन केही छैन सबै पुल टुटेको बाटो छेतविक्षेत अवस्थामा रहेछ।"

उनको यो अभिव्यक्तिलाई सामाजिक सञ्जालमा धेरैले चासोका साथ हेरिरहेका छन्। कतिपयले यसलाई घटनास्थलको वास्तविक कठिनाइ प्रत्यक्ष देखेपछि आएको प्रतिक्रिया भन्दै व्याख्या गरेका छन्। बाढीले सडक, पुल र पहुँच मार्गहरूमा पुर्‍याएको क्षतिले उद्धार तथा राहत कार्य कति चुनौतीपूर्ण रहेछ भन्ने कुरा साम्पाङको भनाइले पनि देखाएको टिप्पणी भइरहेको छ।

स्थानीयवासी र उद्धारकर्मीहरूका अनुसार प्रभावित क्षेत्रमा पुग्न धेरै स्थानमा पैदल हिँड्नसमेत कठिन अवस्था छ। यही कारण उद्धार तथा राहत कार्य अपेक्षाभन्दा जटिल बनेको बताइँदै आएको छ। साम्पाङको पछिल्लो भनाइले पनि जमिनको वास्तविक अवस्था र उद्धार कार्यको चुनौतीबीचको अन्तरलाई उजागर गरेको देखिन्छ।

No comments:

Post a Comment

Bottom Ad [Post Page]

Advertisement